site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई उमेदवार बनाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई उमेदवार बनाउनुपर्ने बताएका छन् ।

बुधबार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरूलाई राष्ट्रियसभा निर्वाचनमा उमेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको पनि बताए । त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उनको भनाइ थियो । 

Dabur Nepal
NIC Asia

त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ । पार्टीको महासमिति बैठक समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री थापाले बताए । उनले बैठकमा सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि संगठित रुपमा दबाब दिन नेताहरुले जोड दिएको बताए ।

महामन्त्री थापाले भने, "यो पटक राष्ट्रिय सभा निर्वाचनमा दुई वटा कुरा स्पष्ट हुनुपर्छ भनेर छलफल गर्‍यौं । एउटा, मापदण्ड । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा जाँदैछ भने राष्ट्रिय सभाको जुन स्पिरिट छ । संविधानको जुन स्पिरिट छ । यी सबै कुराहरुको आधारमा जो साथीहरु राष्ट्रिय सभामा जान योग्य हुनुहुन्छ । अहिलेसम्म मौका पाउनुभएको छैन । जसले यो भन्दा अघिको निर्वाचनमा भाग लिनुभएको छैन । ती साथीहरु जाने कुरा एउटा । दोस्रो कुरा भनेको चाहीँ न्यायपूर्ण कुरा । यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि सभापति चाहीँ यो पटक राष्ट्रिय सभाको टिकट बाँडदै गर्दाखेरी सभापति सिंगो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न ? सभापति सिंगो कांग्रेसको सभापति बनाउने हो ।"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro