site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजगाईंले भने– बसेराको बैठकले शेखर र गगनको एजेन्डा खारेज गरेको हो 

काठमाठौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा सांसद राजेन्द्र बजगाईंले डा शेखर र गगन थापाबीचको समझदारी पालना हुनुपर्ने बताएका छन् । 

दुई नेताबीचमा आफू साक्षी बसेको दाबी गदै बजगाईंले बसेरा बुटिक होटेलको बैठकले शेखरको ‘यसै पटक एकै पटक’ र गगनको ‘उमेर हद’को एजेन्डा खारेज गरेको दाबी गरे । 

“याक एन्ड यति होटेलको बैठकले डा. शेखर कोइराला र महामन्त्री गगन थापाजीको सहकार्यको याचना गरिएको थियो र त्यस याचनालाई मैले दुई नेताको अनुमतिमा गुरु घिमिरेजीलाई एअर गर्न अनुरोध गरेको थिए,” बजगाईंले बैठकमा भने, “बसेरा बुटिक होटेलको बैठकले शेखरको ‘यसै पटक एकै पटक’ र गगनजीको उमेरको हद खारेज गरेको थियो ।” 

तर, दुई नेताबीच सहमतिको पालना भने नभइरहेको उनले बताए । “कोसी, तरुण दल र नेविसंघमा तपाईंहरूको एकता थिएन, स्वीकार गर्नुहोस्,” बजगाईंले भने । उनले कोसीको सरकार निर्माण, नेविसंघ र तरुण दलको कार्यसमिति निर्माणमा दुई नेताबीच सहकार्य नभएको बताएका हुन् । 

बजगाईंले सत्ता गठबन्धनको कार्यशैली अपारदर्शी भएपनि शेखर–गगन एक ठाउँ हुन नसकेको उनको आरोप थियो ।

“गठबन्धनको कार्यशैली अत्यन्त अपारदर्शी छ, एकता त छ तर त्यो एकता भ्रष्टाचारमा देखियो,” बजगाईंले भने, “कान्डै कान्डैमा शेखर र गगनको एक ठाउँमा एउटै स्वर छैन । विरोधको आवाज छैन ।” उनले गठबन्धनका दलहरूको एकता लोकतन्त्रको जगमा भ्रष्टाचारको विरुद्धमा हुनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro