site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
३६.८६ अंकले बढ्यो सेयर बजार, चार अर्ब ३० करोडको कारोबार

काठमाडौं । तीन कारोबार हेर्दा सेयर बजार उकालो यात्रामा देखिएको छ । गएको आइतबार ६ प्रतिशतले वृद्धि भएको बजार सोमबार १५.४० अंकले घटेको थियो । आज ३६.८६ अंक बढेर बन्द भएको छ ।

सोमबार बजार घटेको भए पनि पाँच महिनापछिकै बढी मूल्यको सेयर कारोबार भएको थियो ।

मंगलबार चार अर्ब ३० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार चार अर्ब ८४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज नेप्से १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा बन्द भएको छ । २९७ धितोपत्रका एक करोड २४ लाख ६३ हजार १६८ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहकै परिसूचक वृद्धि भएको छ । होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४.३३ प्रतिशतले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro