site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको संकल्पयात्रा कोसी प्रदेशको घुर्मी पुग्यो

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोसी प्रदेशको घुर्मीमा आइपुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरिएको छ ।

ओलीसहित टोलीलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट ठूलो संख्यामा नेता–कार्यकर्ता तथा सर्वसाधारण उपस्थित रहेको एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

Dabur Nepal
NIC Asia

ओखलढुंगाको हर्कपुरमा सभा गरेर ओलीसहितका नेताहरू सोमबार नै खोटाङको हलेसी पुग्ने खतिवडाले जानकारी दिए ।

मध्यपहाडमा रित्तिँदै गएको बस्ती, कृषिको अवस्था, पूर्वाधारको अवस्थिति, राज्यका तर्फबाट मध्यपहाडमा शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा गरिएको लगानी र त्यसको प्रभाव के छ भन्ने बुझ्न अभियान केन्द्रित हुने खतिवडाले बताए । उनले भने, “समस्या बुझ्न र गुमेको साख फर्काउने प्रयासस्वरूप अभियान सञ्चालन गरिएको हो ।”

एमाले नेताको विरोधस्वरूप पहिचानवादीका तर्फबाट मध्यपहाडी लोकमार्ग बन्द घोषणा गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro