site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद, पूर्वमन्त्रीसहितका पहिचानवादी पक्राउ
गोपाल किराँती । फाइल तस्बिर : फेसबुकबाट ।

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को संकल्पयात्रामा अवरोध सिर्जना गरेको आरोपमा केही पहिचानवादी नेता–कार्यकर्ता पक्राउ परेका छन् । मंगलबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट कोसी प्रदेशसभा सदस्य रहेकी मीना राई समेत छिन् । उनलाई भोजपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, पूर्वमन्त्री एवं पहिचानवादी नेता गोपाल किराँतीलाई पक्राउ गरिएको छ । उनलाई खोटाङको हलेसीबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।

भोजपुर र खोटाङबाट गरी नौ पहिचानवादी नेता–कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोसी प्रदेशमा पहिचानवादी पक्षधरले आजदेखि मध्यपहाडी (पुष्पलाल) मार्गमा बन्द आह्वान गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै उनीहरू आगजनीमा समेत उत्रिएका छन् ।

यही मंसिर १४ गतेदेखि सुरु गरिएको एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोसी प्रदेशमा प्रवेश गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro