site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखर कोइराला समूहको बैठक सर्‍यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक सरेको छ । मंगलबारका लागि तय गरिएको बैठक एकदिन धकेलिएको हो ।

अब बैठक आगामी बुधबार बस्ने तय भएको शेखर समूहका एक नेताले जानकारी दिए । बैठक दिउँसो १ बजे अनुपम फुडल्यान्डमा बस्ने छ । 

ती नेताका अनुसार पार्टी महामन्त्री गगन थापाको समय मिलाएर बैठक सारिएको हो ।

पुस १६ देखि १९ सम्मका लागि तय गरिएको पार्टीको महासमिति बैठकलाई लक्षित गरेर शेखर समूहले बैठक बोलाएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्