site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
थाइल्यान्डमा रोजगारी दिलाउने भन्दै म्यानमार पुर्‍याएको आरोपमा महिला पक्राउ

काठमाडौं । थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा काम लगाइदिने भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले गोरखाको धार्चे गाउँपालिका–४ की कविता गुरुङलाई पक्राउ गरेको हो ।

Dabur Nepal
NIC Asia

ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभनमा दुईजनालाई गुरुङले म्यानमार पठाएको खुलेको हो ।

म्यानमार पुर्‍याएर उनीहरूलाई २० घण्टासम्म काम गराउने गरेको खुलेको छ । म्यानमार पुगेपछि उनीहरूलाई फेसबुक, ह्वाट्सएप, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूलाई ठगी गर्न लगाउने गरेको खुलेको छ ।

उनीहरू म्यानमार पुगेको ९ महिनापछि नेपाल फर्किएका हुन् । पीडितको उजुरीको आधारमा महिला पक्राउ परेकी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro