site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
समर्थकको मृत्युपछि ग्रानाडा र एथ्लेटिको बिल्वाओबीचको खेल स्थगित

काठमाडौं । मैदानमा उपस्थित समर्थकको मृत्यु भएपछि स्पेनिस ला लिगामा ग्रानाडा र एथ्लेटिक बिल्वाओबीचको खेल स्थगित गरिएको छ ।

आइतबार खेलको १७औँ मिनेटमा ग्रानाडाका एक समर्थक ह्रदयाघातका कारण मैदानमा लडेपछि खेल रोकिएको थियो । ती समर्थकसँग ग्रानाडाको सिजनभरको टिकट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Dabur Nepal
NIC Asia

घटना भएको एक घण्टापछि खेल स्थगित गरिएको थियो । ला लिगाले सो खेल सोमबार १७ मिनेटदेखि नै सुरु हुने जनाएको छ । टिकट किनेका समर्थकले खेल हेर्न पाउने अफिसियलले जनाएका छन् । खेलमा इनाकी विलियम्सको गोलमा एथ्लेटिकोले १–० को अग्रता बनाएको थियो ।

ला लिगाको तालिकामा एथ्लेटिको बिल्वाओ १५ खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । रेलिगेसन क्षेत्रमा रहेको ग्रानाडाको समान खेलबाट सात अंक मात्र छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro