site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई सातामा बंगलादेशका विपक्षी पाँच नेताको कारागारमा मृत्यु
Tiktok banner adTiktok banner ad

ढाका । बंगलादेशमा पछिल्लो दुई साताको अवधिमा प्रमुख विपक्षी दलका पाँचजना नेताको कारागारमा मृत्यु भएको छ ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले आगामी जनवरी ७ मा हुने तय भएको आमनिर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने निश्चित छ ।

बीएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल र्‍यालीपछि भएको ‘अभूतपूर्व कारबाही’मा पछिल्ला पाँच सातामा उसको सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरिएको छ । प्रहरीले बीएनपीको गिरफ्तारीको आँकडालाई अस्वीकार गरेको छ । तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएकोबारे कुनै विवरण सार्वजनिक गरेको छैन । 

कैदी परिवारका केही सदस्यसहित बीएनपीका कार्यकर्ताहरूको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए । गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्‍यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकहरूलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो ।

प्रहरीका अनुसार सो र्‍यालीपछि भएको हिंसामा एक प्रहरी अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको तथा करिब तीन सय बसमा आगजनी भएको थियो । यद्यपि बीएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० मानिसको ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गत महिना प्रतिबन्ध लगाइएको थियो ।

बीएनपीले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको गणनाा गरेको पार्टीका कानुन प्रमुख कैसर कमालले एएफपीलाई बताए ।

“हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ, यो गम्भीर छ,” उहाँले भने, “राष्ट्रव्यापी कारबाहीमा गिरफ्तार गरिएपछि धेरै बीएनपी कार्यकर्ताहरूलाई प्रहरी हिरासतमा प्रताडित गरिएको थियो भन्ने हामीलाई थाहा भएको छ ।” (रासस/एएफपी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro