site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीतिक दलसँग गुन्डा, फटाहा र मवाली कार्यकर्ता छन् : सुशीला कार्की
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् । आइतबार मानवअधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राण : सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले देशमा सबै कुरा राम्रो भए पनि नेताहरू भ्रष्ट रहेका बताइन् । भोलि आउने नेताहरू पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै उनले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेकामा जोड दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भ्रष्टाचारका सन्दर्भमा नेताहरूलाई मात्र दोष दिन नमिल्ने उल्लेख गरिन् । सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने उनले बताइन् ।

“हामी धेरै निराश पनि हुनु हुँदैन । मुलुक छ हामीसँग । माटो छ । राज्य बन्ने कुरा त जनता पनि छ । सबै कुरा छ, नभएको होइन । एउटै हामीसँग बेकम्मा के पर्‍यो भने, भ्रष्ट नेताहरू पर्‍यो । तर, एक दिनको कुरा होइन । भोलि आउने पनि यस्तै हुन्छ । अहिले जो नयाँ–नयाँ भएर आएका छन्, त्यो पनि त्यस्तै हुन्छ । तर, वातावरण बनाउनुपर्‍यो,” उनले भनिन्, “भ्रष्टाचार नगर्ने वातावरण मुलुकमा हुनु जरुरी छ । यिनीहरूलाई मात्रै तपाईं, हामीले दोष दिन मिल्दैन । हामीमध्ये धेरै पनि त्यस्तै छौँ । पुग्यो भन्ने कोही छैन । भ्रष्टाचार गर्नलाई अघि नबढ्ने कोही छैन । आफूलाई नहुन्जेलसम्म बोल्ने, अनि आफूलाई भइसकेपछि पुग्ने ।”

Global Ime bank

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्र भएको टिप्पणी गरिन् । उनले नागरिकसँग भएका जेथाहरू समेत राजनीतिक दलका कार्यकर्ताले जफत गर्ने गरेको बताइन् ।

राजनीतिक दलसँग गुन्डा, फटाहा र मवाली कार्यकर्ता रहेका उनले बताइन् । आमनागरिकमा आर्थिक अभाव भए पनि दलका कार्यकर्तासँग करोडौँ सम्पत्ति भएको उनको भनाइ छ ।

“अहिलेको सरकारको मानसिकता मैले कस्तो देखिरहेको छु भने, यिनीहरूको खालि कसरी हुन्छ जफत गर्ने । जोसँग अलिअलि जेथा थियो, त्यो पनि यिनीहरूले जफत गरिसकेँ । गुन्डा, फटाहा, मवाली तिनै न हुन् यिनीहरूको कार्यकर्ता । हुन त उनीहरूले चाहेर गुन्डा, मवाली लिएका होइन । तर, यिनीहरूसँग अब को आउने ? त्यही त हो । यिनीहरूको काम गर्न त्यही गुन्डा, मवालीबाहेक अब बाँकी छैन । तिनै जान्छन् । तिनैले गर्न सक्छन् । अरूले त सक्दैनन् । यिनका तलका कार्यकर्ता भनेको एसएलसी पास पनि छैनन् । त्यस्ता कार्यकर्ता जो करोडौँ–करोड सम्पति लिएर बसेका छन् । यो हालत यो देशको छ,” उनले भनिन्, “यी कारणले गर्दा व्यवस्था नै जाने भन्ने कुरा त आउँदैन । यो व्यवस्था भारतमा ठिक हुने, इंग्ल्यान्डमा ठिक हुने । अमेरिकामा हुने । सबैतिर हुने । अर्को कुरा, संविधानको कुरामा मेरो तर्क के छ भने, संविधानमा लेख वा नलेख राम्रो कुरा गर्नलाई संविधानले कहिल्यै पनि रोक्दैन । राम्रा कुराहरू संविधानमा छैन भन्दैमा गर्न नपाइने भन्ने कुरा त होइन नि । गर्न पाइन्छ नि । संविधानका कतिपय प्रावधान त अमेरिकामै पुगेको छैन । सबै लेखेजति प्रावधान त नपुग्न पनि सक्छ । तर, त्यति भनेर संविधान खराब पनि भन्न सकिँदैन । संविधानमा केही कुरा खराब छन् भने संशोधन गर्दै गर्दै समयसापेक्ष परिवर्तन गर्दै लानुपर्ने हुन्छ ।”

उनले संविधानमा देखिएका समस्यालाई संशोधन गर्दै जान सकिने बताइन् । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC