site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर कोइरालाले बोलाए बैठक
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बोलाइएको छ । नेता कोइरालाले यही मंसिर २६ गते बस्ने गरी बैठक आह्वान गरेको समूहका एक नेताले जानकारी दिए ।

पुस १६ देखि १९ गतेसम्मका निम्ति तय महासमिति बैठकलाई मध्यनजर गर्दै शेखर समूहको बैठक बोलाइएको हो । बैठकमा कांग्रेसको १४औँ महाधिवेशनमा समूहबाट जितेका केन्द्रीय सदस्यसहित पदाधिकारी मात्र होइन, निर्वाचन हारेकाहरूलाई पनि बोलाइएको एक नेताले जानकारी दिए ।

“महासमिति बैठकविशेष छलफल हो,” ती नेताले बाह्रखरीसित भने, “समूहबाट १४औँ महाधिवेशनमा उमेदवार बनेका सबैलाई बोलाइएको छ ।”

महासमिति बैठकको मिति सारिने अवस्थामा भने आफूहरूको छलफल पनि प्रभावित हुन सक्ने उनको भनाइ छ । “उपत्यकाबाहिरका साथीहरूलाई बोलाउने काम हुँदै छ । पर्सि (मंगलबार) बैठक बस्ने कुरा छ,” उनले भने, “तर, सञ्चारमाध्यममा आएअनुसार महासमिति बैठक सर्ने भयो भने बैठक के गर्ने भन्ने पनि छ । भोलिसम्म टुंगो लाग्ला ।”

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro