site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेस्तोल र २० थान गोलीसहित तीनजना पक्राउ

काठमाडौं । मकवानपुर प्रहरी टोलीले पेस्तोल र २० थान गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, सोही ठाउँका ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री छन् ।

यही मंसिर १८ गते हेटौँडा–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरिएको थियो । सो घटनाको अनुसन्धानका क्रममा शुक्रबार (हिजो) उनीहरूलाई हेटौँडा–१० बाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूका साथबाट सेमिअटोमेटिक पेस्तोल एकथान र गोली २० राउन्ड, घटनामा प्रयोग गरिएको ना६३प ९६७८ नम्बरको मोटरसाइकल, ५० हजार रुपैयाँ नगद, मोबाइल पाँचथानलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro