site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री साउद कतार प्रस्थान
Dabur Nepal
NIC Asia

काठमाडौं । दोहा २१ औँ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री साउद शनिबार बिहान ७ः४५ बजे कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन् । 

परराष्ट्रमन्त्री साउदले आइतबारदेखि कतारमा सुरु हुने  दोहा २१ औँ फोरममा हुने उच्चस्तरीय भेटमा इजरायलमा वेपता विपीन जोशीको रिहाइको विषय उठाउने बताइएको छ । 

कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपीनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ । 
 
मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro