site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नागढुंगाबाट बरामद दुई किलो सुनबारे प्रहरीले पाएको थियो 'गोप्य सूचना'
SkywellSkywell

काठमाडौं । प्रहरीले गए राति ९:४० बजेतिर दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीनजनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा रसुवाका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ छन् । उनीहरू तीनैजना रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ का स्थानीय हुन् ।

प्रहरीका अनुसार उनीहरूलाई नागढुंगा चेकपोस्टमा वाग्मती प्रदेश ०१–०२८ च २६९७ नम्बरको स्कार्पियो गाडीसहित नियन्त्रणमा लिइएको थियो । तर, उनीहरूले सुन आफ्नो साथमा राखेका थिएनन् । प्रहरीले गाडीमा खोजतलास गर्‍यो, गाडीको गेयर बक्समा सुन भेटियो । उनीहरू तीनैजना पक्राउ परे ।

Dabur Nepal
NIC Asia

प्रहरीसँग रसुवाको केरुङ नाका हुँदै भन्सार छलेर सुनको तस्करी भएकोबारे पूर्वसूचना थियो । त्यही गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट विशेष अनुसन्धान टोली खटाएको थियो ।

उनीहरूको साथबाट प्रहरीले दुई केजी सुन र उनीहरू सवार गाडी र ६ थान मोबाइल फोन बरामद गरेको छ ।

अवैध तरिकाबाट संगठितरूपमा भन्सार तथा राजस्व छलेर सुनको कारोबार गरेको बताउँदै प्रहरीले उनीहरूमाथि संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा अनुसन्धान थालेको छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu