site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२० देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

जाकार्ता । इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागु गर्न लागेको छ । 

पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन् ।

“फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

आधिकारिकरूपमा लागु गर्नुअघि सो नियमावलीलाई एक महिनाअगाडि नै अन्तिम रूप दिने उनले जानकारी गराएका छन् ।

इन्डोनेसियाले सन् २०२४ मा एक करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ ।  

“आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको संख्या बढाउन सक्छौँ । विशेष गरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ, “युनोले भनेका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro