अर्थ व्यवसाय
काठमाडौं । सामाजिक उत्तरदायित्व कोषबाट बैंकहरूले ४० प्रतिशत भूकम्पपीडितलाई योगदान गर्न पाउने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाले मुनाफाबाट कोषमा छुट्याइ भूकम्पका कारण क्षतिग्रस्त भएका विद्यालय, अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि योगदान गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० १३:५२
प्रतिक्रिया दिनुहोस्