site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चिनजान भइ विभिन्न समयमा दुई जनाबीच भएको क्रियाकलापलाई तस्बिर तथा श्रव्यदृश्य सम्पादन गरी महिलाको चरित्र हत्या गर्ने चितवन रत्ननगर नगरपालिका–१० घर भइ हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो  ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले महिलाको तस्बिरलाई सम्पादन गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा महतोलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गत पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता रायले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २३:१३
प्रतिक्रिया दिनुहोस्