काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।
बिहीबार ‘रेस्पोन्सेवल विजनेश समिट’ कार्यक्रममा उनले अर्थतन्त्रबारे जनतामा आशाको सञ्चार गर्न मिहिनेत गनुपर्ने अवस्था रहेको बताए ।
“तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर व्यवहारमा आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति छ । त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा समेत यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारी बोध एवं तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु ।”
उद्यमी व्यवसायी समेत सम्मिलित हालै यूएईमा आयोजित सम्मेलनमा आफूले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको बताए । सरकार यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।