site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरको कबाडी गोदाममा आगलागी, पाँचजना घाइते 

विराटनगर । विराटनगरमा एक कबाडी गोदाममा आगलागी भएको छ। 

विराटनगर महानगरपालिका–७ स्थित जलजला मोडमा रहेको गोदाममा आज अपराह्न आगलागी भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगो नियन्त्रणमा लिने क्रममा पाँचजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि न्यूरो र कोसी अस्पताल पठाइएको छ ।

जिप्रका मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले आगलागीबाट भएको क्षतिको जानकारी आउन बाँकी रहेको बताए । आगलागी नियन्त्रण गर्न विराटनगरसहित सुनसरीबाट दमकल मगाइएको थियो । गोदाममा विभिन्न कबाडीका सरसामान भण्डारण गरिँदै आएको थियो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro