site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पपीडितलाई हेल्प नेपालको सहयोग
तस्बिर : रवि मानन्धरको फेसबुकबाट । 

काठमाडौं । समाज सेवामा सक्रिय संस्था हेल्प नेपाल नेटवर्कले गत महिना जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावित स्थानीयलाई हेल्प नेपाल नेटवर्कले राहत उपलब्ध गराएको छ । 

त्यस क्षेत्रका पीडितहरूलाई विभिन्न चरणमा राहत उपलब्ध गराइएको संस्थाका उपाध्यक्ष रवि मानन्धरले जानकारी गराएका छन् । उनकाअनुसार जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितहरूलाई कम्बल र त्रिपाल वितरण गरिएको हो । 

Dabur Nepal
NIC Asia

नेटवर्कका राष्ट्रिय स्वयंसेवक भरतप्रसाद कोइराला नेतृत्वको टोलीले प्रभावित क्षेत्रमा पुगेर पीडितलाई जाडोबाट बच्न बाक्लो कम्बल र त्रिपाल वितरण गरेको हो ।

मानन्धरले सामाजिक संस्था हेल्प नेपालका विभिन्न च्याप्टरहरू तथा फिनल्यान्डका नेपाली सहयोगीहरू तथा व्यक्तिगत रूपमा प्राप्त सहयोगबाट भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरेको बताए । 

संस्थाले भूकम्प गएको भोलिपल्टै जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका र रुकुम पश्चिमको सना भेरी गाउँपालिकामा स्थानीय निकायको समन्वयमा खाद्यान्न, त्रिपाल र कम्बल लगायतका राहत सामाग्री वितरण गरेको मानन्धरले जानकारी दिए । 

हेल्प नेपाल बाहेकका संस्था र व्यक्तिहरूबाट समेत सहयोग प्राप्त भइरहेको र फिनल्यान्डमा रहेका नेपालीबाट ५ लाख ६९ हजार ६५१ रुपैयाँ सहयोग प्राप्त भएको मानन्धरले जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro