site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल सुपर लिग : इलाम र पोखरा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा मैदान प्रवेश गर्नेछन् । जारी लिगमा तीन खेलबाट अपराजित रहँदै पोखरा पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ । तीन अंक जोडेको इलाम छैटौँ स्थानमा छ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

Global Ime bank

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । 

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu