site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वी अछामका पूर्वाधार निमार्णमा ढिलासुस्ती भएपछि संघर्ष समिति गठन

काठमाडौं । पूर्वी अछाममा महत्त्वपूर्ण पूर्वाधार निमार्णमा ढिलासुस्ती भएपछि ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । पुष्प न्यौपानेको नेतृत्वमा गठन भएको 'पूर्वी अछाम विकास सरोकार संघर्ष समिति'ले मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आफ्ना मागहरू सार्वजनिक गरेको छ ।

समितिले विभिन्न १२ बुँदे माग अघि सारेको छ । समितिले जंगलघाट पुल, बेतन कर्णाली जलविद्युत् आयोजना, टुनिबगर पक्की पुल, तल्लो डुंगेश्वर पक्की पुल, माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई तत्काल अघि बढाउन माग गरेको छ ।

Pushpa-1701796573.jpg

समितिले चिसापानी–जंगलघाट–मंगलसेन सडकखण्डलाई पनि स्तरोन्नति गरी पूर्णरूपमा सञ्चालनमा ल्याउन माग गरेको छ । साथै, प्रदेशले गौरव आयोजनाका रूपमा घोषणा गरेको बडीमालिकासम्मको सोही सडकखण्डका लागि पर्याप्त बजेट छुट्याइनुपर्ने समितिको माग छ ।

समितिले कमलबजार एयरपोर्टको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन पनि माग गरेको छ । ढकारीलाई समेत जोड्ने गरी सेती लोकमार्ग निर्माण कार्यलाई तीव्रता दिइनुपर्ने, विनायक पञ्चदेवलको पुरातात्विक संरचना प्राचीन शैलीमै पुनर्निर्माण गरिनुपर्नेसहितका माग राखेको छ ।

Global Ime bank

Padam-Bahadur-BC2-1701796573.jpg

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक न्यौपानेले २०२८ सालदेखि थालनी भएको चिसापानी–जंगलघाट–मंगलसेन सडकखण्डलाई बेवास्ता गरिएको बताए ।

समितका सहसंयोजकसमेत रहेका अछामको तुर्माखाँद गाउँपालिका–४ का वडाध्यक्ष पदमबहादुर बिसीले पूर्वी अछामको विकास निर्माणको कार्यलाई तीव्रता दिनका लागि दबाब दिन आफूहरूले समिति गठन गरेको बताए ।

Dharani--1701796572.jpg

समितिका सचिव धरणीधर जैसीले पनि पूर्वी अछामका महत्त्वपूर्ण पूर्वाधार निर्माणमा ढिलासुस्ती गरिएपछि समिति गठन गरिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu