site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यू–१९ एसिया कप खेल्ने नेपाली खेलाडीलाई बिदाइ

काठमाडौं । यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट संघ क्यानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाइ गरेका हुन् । कार्यक्रममा मन्त्री लिम्बूले टिमका कप्तान देव खनाललाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेका थिए । 

नेपाली टिम बुधबार यूएई प्रस्थान गर्नेछ । आगामी शुक्रबारदेखि पुस १ गतेसम्म यूएईमा चल्ने प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । 

समूह ‘बी’मा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् । नेपालले मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro