site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परिस्थिति जटिल छ, बन्धकहरू छुटाउने प्रयास गरिरहेका छौँ : राजदूत अन्सारी

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हमासले बन्धक बनाएका कञ्चनपुरका विपीन जोशीको रिहाइको लागि पहल गरिदिन कतारसँग फेरि आग्रह गरेका छन् । 

नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारी मंगलबार परराष्ट्रमन्त्री साउदसँग भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।
 
सोही भेटका क्रममा परराष्ट्रमन्त्री साउदले कतारका राजदूतसँग हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइको लागि पहल गरिदिन आग्रह गरेका हुन् । 

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको जानकारी दिएका थिए ।

साथै उनले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागि समेत प्रयास जारी रहेको जवाफ दिएका थिए । 

“इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ । परिस्थिति जटिल छ । यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,” परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, “हामीले बन्दीहरू छुटाउनका लागि पनि प्रयास गरिरहेका छौँ ।”

मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

यस्तै, उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । 

परराष्ट्रमन्त्री साउद डिसेम्बर १० देखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउँदै छन् । सोही क्रममा हुने उच्चस्तरीय भेटमा पनि जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने जनाइएको छ । 

मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाट लगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro