काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीहरूलाई छलफलमा बोलाएको छ ।
पछिल्लो समय एनसेलको सेयर बिक्रीको विषयमा प्रश्न उठेपछि यो विषयमा पनि सांसदहरूले पनि चासो देखाएका छन् । बैठक बिहान ११ बजे डाकिएको छ । तर, हालसम्म समितिमा एनसेलको विषयमा उजुरी नपरेको समितिका सचिव रेखा उपाध्यायले जानकारी दिइन् ।
“भोलिको बैठकमा प्राधिकरणका पदाधिकारीहरूलाई बोलाइएको छ । त्यहाँ कुरा उठ्यो भने एनसेलको विषयले प्रवेश पाउँला । तर, अहिलेसम्म एनसेलको विषयमा समितिमा केही उजुरी परेको छैन,” उनले भनिन् ।
समितिले दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी र राजस्वको तथ्यांक र स्थिति सम्बन्धमा छलफल आयोजना गर्न लागेको कार्यसूचीमा उल्लेख छ ।