site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साढे दुई करोडको कारोबार गरेर सकियो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (तस्बिरहरू)

काठमाडौं । ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’मा करिब साढे दुई करोडको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार सोमबार सम्पन्न पाँचदिने मेलामा करिब साढे दुई करोडको कारोबार र करिब २५ हजार अवलोकनकर्ता सहभागी भएका हुन् ।

ग्राहकलाई लक्षित गरेर नेपाल, बंगलादेश र पाकिस्तानले मात्रै स्टल राखेकाले अपेक्षाअनुसारको कारोबार नभएको महासंघका सहायक निर्देशक परशुराम नेपालले बताए ।

Internation-Trade-Affair-(7)-1701704244.jpg

उनले भने, "इन्डियाको कन्जुमर फियर भन्दा पनि पावर सो थियो । चाइनाको मेसिनरी टेक्नोलोजीसँग रिलेटेड भएकाले उनीहरूले डाइरेक्ट सेल भन्दा पनि नेटवर्किङको हिसाबले आए । करिब ६० वटा नेपाली स्टल अनि इन्डियन, बंगलादेश र पाकिस्तानको ५/७ वटा, ५/७ वटा चाहिँ बिक्री गर्ने स्टलहरू भएको हिसाबले करिब साढे दुई करोड जति कारोबार भएको अनुमान गरिएको छ ।"

Internation-Trade-Affair-(3)-1701704236.jpg

नेपालमा उत्पादित निर्यातयोग्य वस्तुहरूको बजारीकरण गर्नका लागि सो मेला आयोजना गरिएको थियो । बजार प्रवर्धनको हिसाबले भने मेला फलदायी रहेको महासंघको निष्कर्ष छ । मेलामा नेपाली हस्तकलाका सामग्री, बंगलादेशको कपडा र पाकिस्तानको लेदरब्याग, पर्स, जाकेटलगायतका सामग्रीहरूमा ग्राहकहरूले चासो दिएका थिए ।

Internation-Trade-Affair-(4)-1701704236.jpg

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गत मंसिर १४ गते उद्घाटन गरेको सो अन्तर्राष्ट्रिय मेलामा नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तानसहित करिब २०० वटा स्टल राखिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रियस्तरको मेला हुने गरेको छ । 

Internation-Trade-Affair-(1)-1701704234.jpg

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २१:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro