site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी जब आफैँ ‘ग्राहक’ बनेर गिरोहसम्म पुग्यो...

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले सोमबार युवतीलाई यौन गतिविधिमा संलग्न गराएको आरोपमा दुई जनालाई पक्राउ ग¥यो । उनीहरु पक्राउ गरेकोबारे कार्यालयले प्रेस विज्ञप्ति नै जारी गरेर जानकारी गराएको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे भुमलु गाउँपालिका–४ का २७ वर्षीय सुरेश कुमार श्रेष्ठ र काठमाडौं–१४ का सुरज खड्का छन् ।  उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरुबाहेक सोही कार्यालयले आइतबारसमेत विभिन्न युवतीलाई यौनकार्यमा लगाएको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो । प्रहरीले रामेछाप दोरम्बा–३ का छत्रबहादुर रोक्का, ओखलढुङ्गाका गोपाल थापा, सिन्धुलीका सेते सार्की, सल्यानका शिवराज परियार र नुवाकोटका अमृत रोक्कालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान बढाएको एसपी रेग्मीले जानकारी दिए ।  उनीहरुले विभिन्न व्यक्तिलाई अनलाइन मार्फत् सम्पर्क गरेर युवतीलाई यौन व्यवसायमा लगाउने गरेको खुलेको छ ।

आफैँ ग्राहक बनेर पक्राउ

Global Ime bank

प्रहरीले उनीहरूलाई सूचनाको आधारमा आफैँ ग्राहक जिगलो बनेर खोजी गर्दा पक्राउ गरेको हो । पक्राउ परेका मध्ये काभ्रे भुमलु गाउँपालिका–४ का २७ वर्षीय सुरेश कुमार श्रेष्ठ र सिन्धुलीका सेते सार्की मूख्य आरोपी रहेको प्रहरीको दाबी छ । 

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई उनीहरुले ग्राहक नै सम्झेर १० जना युवतीको फोटो देखाएका थिए । जसमध्ये हरेक युवतीको मूल्य फरक–फरक राखिएको थियो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार ती युवतीहरुको एक रातको मूल्य पाँचहजार देखि ७० हजारसम्म तोकिएको थियो । त्यसमा पनि कुनकुन सेवा लिने भन्नेमा थप रकमबारे बार्गेनिङ गर्थे ।

सोहीअनुसार उनीहरुले युवतीलाई तयारी गर्थे । पछिल्लो समय अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गरेको सूचना प्रहरीको पुगेपछि प्रहरी आफैँ ग्राहक बनेर गिरोहसम्म पुगेको हो ।

क्यासिनोमा पुग्ने भारतीय मूख्य टार्गेट

प्रहरीको अनुसन्धानले उनीहरूले सकेसम्म युवतीहरुलाई भारतीय पुरुषहरूका लागि पठाइदिने गरेको खुलेको छ ।

पक्राउ परेका सुरेश श्रेष्ठ र सेते सार्की विभिन्न क्यासिनो अगाडि बस्ने र मदिराले लट्ठ परेका भारतीय नागरिकलाई युवती चाहिए सम्पर्क गर्नू भन्दै आफ्नो मोबाईल नम्बर दिने गरेको बयान दिएको प्रहरीले जानकारी गराएको छ ।

सोही सूचनाका आधारमा प्रहरीले आफ्नो अपरेशन अघि बढाएको थियो । प्रहरी अनुसन्धानले ग्राहकबाट लिएको रकममध्ये तीस प्रतिशतमात्रै युवतीलाई उपलब्ध गराउने र बाँकी ७० प्रतिशत आफैं लिने गरेको देखिएको बताएको छ ।

“यस्ता गलत धन्दामा नलाग्नू भनेर हामीले पटक पटक सचेत गराउँदै आएका छौँ,” एक प्रहरी अधिकृतले भने, “पीडित युवतीले पनि उनीहरूको दबाबका कारण उजुरी दिन सकेका रहेनछन् ।”

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu