site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सोमबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । छापावाल सुन तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । केही दिनयता सुनको मूल्य दैनिक नयाँ उचाइमा पुगेको छ ।

यस दिन तेजाबी सुन तोलाको एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ५४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu