site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नापोलीको पोस्टमा इन्टरको तीन गोल

काठमाडौं । लिग लिडर इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा नापोलीविरुद्ध ३–० को सहज जित निकालेको । 
    
आइतबार स्टाडियो अमान्डो म्याराडोना रंगशालामा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध सहज जित दिलाउन हाकान काल्हानोग्लु, निकोलो बरेला, मार्कुस थुरमले एक गोल गरे । 

पहिलो हाफ हुन एक मिनेट बाँकी रहँदा घरेलु टिमविरुद्ध अग्रता बनाएको इन्टरले दोस्रो हाफमा दुई गोल थप्यो । ४४औं मिनेटमा काल्हानोग्लुले गोल गर्दै घरेलु समर्थकविरुद्ध इन्टरलाई अग्रतामा राखेका थिए । 

Dabur Nepal
NIC Asia

६१औं मिनेटमा निकोलो बरेलाले इन्टरको अग्रता दोब्बर पारे । यस्तै, ८५औं मिनेटमा थुरमले गोल गरेपछि इन्टरले तीन अंक सुनिश्चित गर्यो । 

जितसँगै १४ खेलबाट ३५ अंक जोडेको इन्टर तालिकाको शीर्ष स्थानमा छ । यो जितसँगै इन्टरले दोस्रो स्थानको युभेन्ट्ससँग दुई अंकको अग्रता बनाएको छ । समान खेलबाट २४ अंक जोडेको नापोली तालिकाको पाँचौ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro