site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कर्जाको ब्याजदर एक प्रतिशत घट्यो, अझै घट्छ : अध्यक्ष केसी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर एक प्रतिशत घटेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

उनले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गरे । आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गरे ।

उनले अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक रूपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताए । बैंकहरूमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतीहरू रहेको उनको भनाइ छ । 

उनले भने, "छिल्लो समय उच्च भनिएको बैंकको ब्याजदर अहिले आएर घट्ने क्रममा छ । अघिल्लो वर्षदेखि अहिलेसम्म कर्जामा लिने ब्याज एक प्रतिशतभन्दा बढीले घटिरहेको अवस्था छ । बैंकको वेसरेट पनि घटेर एकल अंकमा आइसकेको छ । बैंकको ब्याजदर घट्ने क्रम जारी छ । यसले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौँ ।" 

केसीले गत वर्षको तुलनामा बैंकहरूको नाफा २८ प्रतिशतले घटेको बताए । दक्षिण एसियाका अन्य देशहरू भन्दा राम्रो गरिरहेको अवस्था भएपनि सजग हुनुपर्ने अवस्था रहेको उल्लेख गरे ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro