site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय टिमका पूर्वप्रशिक्षक थापाको निधन 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्‍याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको थियो । 

थापाले सन् १९७१ मा जापानमा भएको यू–१९ एसियन च्याम्पियनसिपमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । उनले न्यूरोड टिम (एनआरटी) र महावीर क्लबबाट घरेलु फुटबल खेलेका थिए । फुटबल करियरपछि प्रशिक्षण सुरु गरेका थापाले एन्फा सहायक–महासचिवको रूपमा पनि काम गरेका थिए । 

रुक्मशमशेर राणा नेतृत्वको कार्यकालमा सहायक–महासचिव रहेका थापाले एन्फामा प्राविधिक निर्देशकको रूपमा समेत काम गरेका थिए । एन्फाले एन्फा एकेडेमी प्रस्ताव ल्याउँदा थापाले नै सबै कार्यको योजना बनाएका थिए । 

धान्जलीका लागि थापाको पार्थिव शरीर शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा राखिने एन्फाले जनाएको छ । उनको आजै बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro