site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकले नियमविपरीत ब्याज लिए उजुरी गर्नुस्, राष्ट्र बैंकले फिर्ता गराउँछ : गभर्नर अधिकारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले नियमविपरीत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् । 

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

"बैंकहरूले नियमविपरीत ब्याज लिएको स्टेटमेन्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउँछौँ," उनले भने ।

राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियमबापतको चार अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गराएको उल्लेख गरे । 

उनले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरूलाई आग्रह गरे । व्यवसायीले बैंकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे । 

गभर्नर अधिकारीले व्यवसायीहरूले बैंकहरूले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रूपमा अराजकता फैलाउनेहरूका लागि प्रोत्साहन मिल्ने बताए । 

ठूला व्यवसायीहरूले बैंकहरूबाट लिएको कर्जाको ६ देखि आठ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro