विदेश
काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झरेको छ । अस्ट्रेलियाको मुद्रास्फीति दर १८ महिनायताकै न्यूनस्तरमा झरेको आधिकारिक तथ्यांकमा देखिएको हो ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्यांकानुसार उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अक्टोबरसम्मको १२ महिनामा ४.९ प्रतिशतले बढेको छ । सेप्टेम्बरमा यो ५.६ प्रतिशतले बढेको थियो ।
भाडा मूल्य १२ महिनाको अवधिमा ६.६ प्रतिशतले बढेको छ । सेप्टेम्बरमा यो ७.६ प्रतिशतले घटेको थियो ।
नयाँ वासस्थानको मूल्यमा ४.७ प्रतिशतले वार्षिक वृद्धि भएको छ । यो अगस्ट २०२१ यताकै न्यून संख्या हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० ११:३७
प्रतिक्रिया दिनुहोस्