site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

दलित महिला केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा सांसदसँग अन्तरक्रिया’मा उनले मतदाताको आत्मसम्मानमा चोट पुग्ने गरी निर्वाचन प्रणाली र लोकतन्त्रविरोधी अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिए ।

“निर्वाचन प्रणाली र लोकतान्त्रिक प्रणालीविरुद्ध अभिव्यक्ति दिनु हुँदैन । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले अभिव्यक्ति दिनु गलत हो,” प्रमुख आयुक्त थपलियाले भने ।

जनप्रतिनिधिले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्रलगायत विषयमा गहनतापूर्वक विश्लेषण र छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

Global Ime bank

प्रमुख आयुक्त थपलियाले संविधानले निर्दिष्ट गरेबमोजिम निर्वाचन व्यवस्थापन विधेयक तयार पारिएको बताए । प्रतिनिधिसभा र राष्ट्रियसभाका समिति, महिला सञ्जाल, कानुनविद्लगायत २५ सरोकारवाला पक्षसँगको छलफल, प्रदेश तथा स्थानीयस्तरबाट लिखित सुझाव संकलन गरी आयोगले विधेयक तयार पारेको उनले उल्लेख गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu