site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाजुरामा जीप दुर्घटनामा एकजनाको मृत्यु
Tiktok banner adTiktok banner ad

बाजुरा । बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौरनजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए । उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नंको बोलेरो जीप धुलाचौर बजारनजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते हुनेमा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताए । सो जीपमा चालकसहित चारजना सवार रहेका बताइएको छ ।

जीपका चालकसहित एकजना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीपचालक खत्याड–९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro