site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा र हिमपात
फाइल तस्बिर

काठमाडौं । केही दिनदेखि नेपालमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण अघिल्ला दिनहरूमा भन्दा बढी चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार आज बिहान मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायात पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना  छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 
विभागले राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro