site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणबाट गाजामा १५ हजार मारिए, ३६ हजारभन्दा धेरै घाइते
तस्बिर : रोयटर्स

काठमाडौं । इजरायली आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ । त्यसमध्ये ६ हजार १५० बालबालिका रहेको अल्जजिराले जनाएको छ ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा १२ सय जना मारिएका थिए भने कम्तीमा पाँचहजार ६०० जना घाइते भएका थिए ।

Dabur Nepal
NIC Asia

जवाफी कारबाही गरेको इजरायली सेनाको आक्रमणबाट गाजामा ३६ हजार जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूमध्ये ७० प्रतिशत बालबालिका र महिला रहेको अल्जजिराको दाबी छ ।

वेस्ट ब्याङ्कमा कम्तीमा २४२ जना मारिएका छन् । दुई हजार ७५० जना घाइते भएका छन् ।

इजरायल–हमासबीचको सहमतिपछि हाल युद्धविराम गरिएको छ । सुरुमा गएको शुक्रबारदेखि लागु हुनेगरी चारदिने युद्धविराम गरिएको थियो । तर, फेरि सहमति भएपछि थप दुई दिनका लागि युद्धविराम लम्ब्याइएको थियो, जुन आज सकिँदै छ ।

अल्जजिराबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro