कला
काठमाडौं । निर्माणका लागि घोषणा गरिएको चलचित्र ‘पुजार सार्की’ले कास्टिङ कल गरेको छ । अभिनेत्रीतर्फ मुख्य भूमिकाका लागि निर्माण पक्षले कास्टिङ कल गरेको हो ।
२० देखि २२ वर्ष उमेरको मंगोलियन फेस भएकी अभिनेत्री आवश्यक भएकाले कास्टिङ कल गर्नु परेको निर्देशक दिनेश राउतले जानकारी दिए ।
दिनेश राउतको नर्देशन रहने चलचित्रमा सुभाष भुषालको लगानी रहनेछ । चलचित्रको कथा विकास सुवेदीले लेखेका छन् ।
चलचित्र यही माघ पहिलो साताबाट छायांकनमा जाने भएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० १२:०२
प्रतिक्रिया दिनुहोस्