site stats
बाह्रखरी :: Baahrakhari
खेल
म्याक्सवेलको शतकप्रेरित अस्ट्रेलियाको रोमाञ्चक जित 

काठमाडौं । ग्लेन म्याक्सवेलको शतकप्रेरित अस्ट्रेलियाले भारतविरुद्धको ट्वान्टी–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा पाँच विकेटको रोमाञ्चक जित निकालेको छ ।

मंगलबार गुवाहिटीस्थित बर्सापारा क्रिकेट रंगशालामा सम्पन्न खेलमा म्याक्सवेलले आक्रामक ब्याटिङ गरेपछि भारतले प्रस्तुत गरेको २२३ रनको लक्ष्य अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । 

अस्ट्रेलियालाई जितका लागि अन्तिम दुई ओभरमा ४३ रनको आवश्यकता थियो । क्रिजमा रहेका म्याक्सवेल र कप्तान म्याथ्यु वेडले अन्तिम १२ बलमा नौ बाउन्ड्री प्रहार गरेपछि अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको थियो ।

अस्ट्रेलियाको जितमा म्याक्सवेलले अविजित १०४ रन बनाए । उनले ४८ बलमा आठ चौका र आठ छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा म्याक्सवेलको यो चौथो शतक हो ।

म्याक्सवेलसँगै अविजित रहेका म्याथ्यु वेडले १६ बलमा तीन चौका र एक छक्कासहित २८ रन थपे । १३४–५ को अवस्थाबाट यी दुईले अविजित ९१ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई २२५ को स्कोरसम्म पुर्‍याएका थिए ।

Global Ime bank

यी दुईबाहेक, ट्राभिस हेडले ३५, मार्कुस स्टोइनिसले १७, आरोन हार्डाइले १६ र जस इंग्लिसले १० रन जोडे ।

भारतका रवि बिस्नोइले दुई विकेट लिए । अर्शदीप सिंह, आवेश खान र अक्सर पटेलले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२२ रनको योगफल खडा गरेको थियो ।

भारतका ओपनर रितुराज गाइकवाडले आक्रामक शतक बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् । गाइकवाडले ५७ बला १३ चौका र सात छक्का प्रहार गर्दै १२३ रन बनाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा गाइकवाडको यो पहिला शतक हो ।

कप्तान सुर्यकुमार यादवले ३९ र तिलन वर्माले ३१ रन थपे ।

अस्ट्रेलियाका केन रिचर्डसन, जासन बेहेरनडोर्फ र आरोन हार्डाइले एक–एक विकेट लिए । 

यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–२० शृंखलालाई १–२ को स्थितीमा ल्याएको छ । यसअघि शृंखलाको पहिलो दुई खेलमा अस्ट्रेलियाले लगातार हार बेहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu