site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको उत्तरकाशीमा सुरुङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

काठमाडौं । भारत उत्तराखण्डको उत्तरकाशीमा १७  दिनदेखि सुरुङमा फसेका ४१ मजदुरको उद्धार गरिएको छ । मंगलबार राति उनीहरूलाई सकुशलरूपमा उद्धार गरिएको हो ।

उत्तराखण्ड सरकारले एक वक्तव्यमार्फत सबैजनाको सकुशल उद्धार गरेको जनाएको छ । उनीहरूलाई ८०० मिमि व्यास भएको पाइपबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्ड सरकारले मजदुरको उद्धारमा प्रदेश र केन्द्र सरकारसहित सेना, विभिन्न संघसंस्था र विश्व ख्यातिप्राप्त सुरुङविज्ञको साथ रहेको जनाएको छ ।

अहिले उनीहरूको स्वास्थ्य जाँच भइरहेको छ ।

नोभेम्बर १२ मा सुरुङको एक भाग भत्किँदा ४१ जना कामदार फसेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro