विदेश

कोलम्बो । श्रीलंकाले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)बाट ६ करोड अमेरिकी डलर ऋण लिन मङ्गलबार सम्झौतामा हस्ताक्षर गरेको छ ।
सडक सुरक्षामा सुधार गर्न र सर्वसाधारणलाई पर्न जाने असुबिधा न्यूनीकरण गर्न समग्र एकीकृत सडक लगानी कार्यक्रमअन्तर्गत सडक निर्माण र विस्तार गर्न लागिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।
एडीबीको सहुलियतपूर्ण साधारण पुँजीगत स्रोतबाट ऋण उपलब्ध गराइने र चौथो किस्ताको कुल लगानी लागत ६ करोड ८५ लाख डलर अनुमान गरिएको छ । जसमध्ये ८५ लाख डलर सरकारले व्यहोर्ने सहमति भएको विभागले जनाएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० २१:१२
प्रतिक्रिया दिनुहोस्