site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुदूरपश्चिममा लगानी सम्मेलनको लोगो प्रतियोगिताबाट छानिने, डिजाइन पठाउन आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको लोगो तयार गर्न प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा भाग लिन आफूले तयार पारेको लोगोसहित मंसिर १९ भित्र सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन, २०८० को सचिवालयमा आवेदन दिनुपर्ने छ ।

लोगोको डिजाइन मौलिक हुनपर्ने मापदण्ड राखिएको छ । साथै तेस्रो पक्षको बौद्धिक सम्पत्ति अधिकार हनन गर्न नहुने भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको भावसँग मिल्ने गरी लोगो निर्माण तथा उपयुक्तताको दाबीसहित लोगोको विषयमा १०० देखि ३०० शब्दमा विस्तृत विवरण पठाउनुपर्ने छ ।

आवेदन फारमसँगै लोगो निर्माण गर्ने व्यक्ति तथा संस्थाको सम्पर्क विवरणसहितको बायोडाटा पठाउन भनिएको छ । सहभागीले २ भन्दा बढी लोगोको नमुना पेस गर्न पाइने छैन ।

उत्कृष्ट लोगो निर्माणकर्ताले २५ हजार ५५५ रुपैयाँ पाउने छन् ।

सुदूरपश्चिम सरकारले कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले आउँदो फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।

 

Logo-1701176312.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्