site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकको पोस मेसिनमा अब ध्वनिबाट पनि सूचना

काठमाडौं । माछापुच्छ्रे बैंकले पीओएस (पोस) मेसिनमा ध्वनिबाट पनि तत्काल कारोबारको सूचना पाइने प्रविधि ल्याएको छ ।

बैंकले फिनपोस (एफआईएन पीओएस) ब्रान्डको मेसिनमा रिसिप्टसँगै ध्वनि (साउन्ड)बाट पनि भुक्तानीको सूचना दिने प्रविधि सुरु गरेको हो ।

यससँगै फिनपोसका मर्चेन्टले कार्ड, क्यूआर (नेपाल पे वा फोनपे) र एम स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनिबाट पनि पाउने बैंकले जनाएको छ ।

हाल माछापुच्छ्रे बैंकले देशका सात वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro