site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिलिपिन सरकार र कम्युनिस्ट विद्रोहीहरू पुनः शान्ति वार्ता गर्न सहमत

मनिला । फिलिपिन सरकार र कम्युनिस्ट विद्रोहीहरूले उनीहरू दशकौँ पुरानो विद्रोह अन्त्य गर्नका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएको मङ्गलबार बताएका छन् ।

“सशस्त्र द्वन्द्वको सैद्धान्तिक तथा शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका छन्,” नोभेम्बर २३ मा नर्वेको राजधानी ओस्लोमा हस्ताक्षरित दुवै पक्षद्वारा संयुक्त विज्ञप्तिमा भनिएको छ, “दुवै पक्ष गहिरो जरा गाडेको सामाजिक–आर्थिक र राजनीतिक गुनासोहरू स्वीकार गर्छन् र शान्ति वार्ताका लागि प्राथमिकता निर्धारण गर्ने रूपरेखाका साथ आउन सहमत भएका छन् ।”

फिलिपिन्सको धनी–गरिब विभाजनका कारण सन् १९६९ मा सुरु भएको सशस्त्र द्वन्द्व विश्वव्यापी कम्युनिस्ट आन्दोलनबाट विकसित भएको हो । सन् १९८० को दशकमा आफ्नो चरम अवस्थामा कम्युनिस्ट समूहमा करिब २६ हजार लडाकु थिए । सेनाका अनुसार अब यो सङ्ख्या घटेर केही हजार मात्र भएको छ ।

सन् १९८६ देखि फिलिपिन प्रशासनले उसको नेदरल्यान्ड्सस्थित राजनीतिक शाखा एनडीएफको माध्यमबाट कम्युनिस्टहरूसँग लगातार शान्ति वार्ता गर्दै आएको छ । स्वघोषित समाजवादी पूर्वराष्ट्रपति रोड्रिगो डुटर्टेको सन् २०१६ को निर्वाचनले शान्ति वार्ताका लागि आशावादीको सन्देश लिएर आयो ।

यद्यपि, वार्तापछि धम्की र आरोप–प्रत्यारोपमा परिणत भयो । वार्ता भइरहेको बेला डुटर्टेले आधिकारिकरूपमा सन् २०१७ मा समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गरे । र, उनीहरूमाथि प्रहरी तथा सैनिकको हत्या गरेको आरोप लगाएर वार्ता भङ्ग गरे ।

हालैका वर्षहरूमा सयौँ कम्युनिस्ट विद्रोहीले वित्तीय सहयोग र जीविकोपार्जनका अवसरहरूको बदलामा आत्मसमर्पण गरेको सरकारले दाबी गरेको छ ।

फिलिपिन्सका केही भागमा अहिले पनि घातक झडपहरू भइरहन्छन् । यो मुलुकको दक्षिणी क्षेत्र फिरौतीका लागि अपहरण समूह र इस्लामिक पृथकतावादी आन्दोलनबाट पनि ग्रस्त छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro