site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्री एयरले डिसेम्बर १ देखि काठमाडौं–सुर्खेत उडान गर्ने
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । श्री एयरले काठमाडौं–सुर्खेत उडान गर्ने भएको छ । श्री एयरले डिसेम्बर १ देखि उडान सुरु गर्न लागेको हो ।

श्री एयरले काठमाडौं–सुर्खेत दैनिक एक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो । प्राधिकरणले उक्त क्षेत्रमा उडान गर्न स्वीकृति दिएको छ ।

प्राधिकरणको सह–प्रवक्ता ज्ञानेन्द्र भुलले काठमाडौं–सुर्खेत दैनिक एक उडानको लागि श्री एयरले अनुमति मागेकोमा प्राधिकरणले स्वीकृति दिएको जानकारी दिए ।

कलसाइन क्यू४००–८ रहेको ८० सिटे जहाजबाट काठमाडौं–सुर्खेत उडान गर्ने श्री एयरका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

मानन्धरका अनुसार श्री एयरले बिहान ७ः१५ बजे काठमाडौंबाट सुर्खेत उडान गर्नेछ । माग बढेपछि उडान संख्या पनि बढाउने मानन्धरले बताए । हाल उक्त क्षेत्रमा बुद्ध एयरले दैनिक दुई उडान गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro