site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पौने १९ करोड जम्मा 

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका निम्ति प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ८० लाख ११ हजार १८७ रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गएको कात्तिक १८ देखि मंसिर १० गतेसम्म विभिन्न संघसंस्था र व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका हुन् । कोषमा हालसम्म ७१ भन्दा बढी संघसंस्था र व्यक्तिले रकम जम्मा गरिसकेका छन् ।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति भएको थियो ।

भूकम्पबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावितको सहयोगका निम्ति कोषमा रकम जम्मा गर्न सर्वसाधारणलाई अनुरोध गरेको थियो । त्यसपछि कोषमा पौने १९ करोड रुपैयाँ जम्मा भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro