अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० ११:१५
प्रतिक्रिया दिनुहोस्