site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोना रोकियो, एट्लेटिको मड्रिडको कठिन जित

काठमाडौं । स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले रायो भालेकानोसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार राति रायो भालेकानोको मैदान स्टाडियो डे भालेसाजमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले हार टारेको हो ।

खेलको ३९औँ मिनेटमा युनाइ लोपेजले गरेको गोलबाट घरेलु टिमले साविक विजेताविरुद्ध अग्रता बनाएको थियो । तर, निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा फ्लोरियन लेजेयुनेबाट आत्मघाती गोल उपहार पाएपछि बार्सिलोनाको हार टरेको थियो ।

Dabur Nepal
NIC Asia

बराबरीमा रोकिएसँगै बार्सिलोनाले तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमायो । १४ खेलबाट ३१ अंक जोडेको बार्सिलोना चौथो स्थानमा छ । बार्सिलोना शीर्ष स्थानको जिरुनाभन्दा तीन अंकले पछाडि छ । एक खेल कम खेलेको जिरुनाको ३४ अंक छ । १४ खेलबाट १९ अंक जोडेको रायो भालेकानो नवौँ स्थानमा छ ।

एट्लेटिको मड्रिड १–० मायोर्का
शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले मायोर्काविरुद्ध १–० को कठिन जित निकाल्यो । एट्लेटिकोलाई जित दिलाउन एन्टोनियो ग्रिजमनले निर्णायक गोल गरे । ग्रिजमनले ६४औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै १३ खेलबाट ३१ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट नौ अंकको मायोर्का १७औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro