site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिवर्तन गर्ने शक्ति नेपालमा छैन : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधिले लोकतन्त्र विरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताउका छन् ।

शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि नरहेको जिकिर गरे ।

निधिले अर्को प्रसंगमा २०८४ सम्म यही गठबन्धनको सरकार टिक्ने दाबी समेत गरे  । उनले भने, “अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । यसपछि एकीकृत समाजवादी र कांग्रेस नेतृत्वको सरकार रहनेछ ।”

गठबन्धनभित्र तीन प्रधानमन्त्रीले यो कार्यकाल चलाउने सहमति भएको र अहिलेसम्मको यही सहमतिअनुसार गठबन्धन चलिरहेको उनले बताए । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका मनोज चौधरी नेतृत्वको समूहलाई नेता निधिले कांग्रेसमा स्वागत गरे ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro