site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघर क्षेत्रको निषेधाज्ञाविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
Tiktok banner adTiktok banner ad

काठमाडौं । माइतीघर र राष्ट्रपति कार्यालय क्षेत्रमा जारी गरिएको निषेधाज्ञाविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले रिटमा माग भएबमोजिमको आदेश जारी गर्नुनपर्ने कारण सरकारसँग माग गरेको हो ।

अधिवक्ताद्वय भद्रप्रसाद नेपाल र प्रेमप्रसाद शिलवालले निषेधाज्ञा लगाउने आदेश गैरसंवैधानिक भएको भन्दै खारेजीका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

अब दुवै पक्षको तर्क सुनेपछि अन्तरिम आदेशका लागि निर्णय हुने छ ।

जिल्ला प्रशासन कार्यालयले व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले ७ मंसिरमा एकसाथ आन्दोलनको घोषणा गरेपछि ३० दिनका लागि राष्ट्रपति कार्यालय आसपास र माइतीघर मण्डला आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

सर्वोच्चले यसअघि नै ओली नेतृत्वको नेकपाको सरकारका समयमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले जारी गरेको निषेधाज्ञाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सरकारको निर्णय खारेज हुने गरी फैसला गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro